२०७८ बैशाख २७, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ हप्ता अगाडि

दमक/ दमकमा सामाजिक क्षेत्रमा पहिचान स्थापित गरिरहेको पहिलो पाइला नेपालको अधिवेसनबाट दमक शखाको अध्यक्षमा सर्वसम्मत रुपमा पुर्णकुमार (दीपक) खड्का चयन भएकाछन् ।

पहिलो पाइला नेपालको केन्द्रिय निर्देशन बमोजिम पहिलो पाइला नेपाल दमक शाखाको अधिवेशन गर्दै सर्वसम्मत रुपमा नेतृत्व लगायत पदाधिकारी चुनिएको सचिब मेघनाथ फुयालले बताएकाछन् ।

प्रथम उपाध्यक्षमा निशा घिमिरे, द्वतिय उपाध्यक्षमा सुरेश बराल, सचिबमा मेघनाथ फुयाल, सहसचिवमा राजु निरौला, कोषाध्यक्षमा दिवस खतिवडा चयन भएकाछन् ।

यसैगरी कार्य समिति सदस्यहरुमा रोशन अधिकारी , निश्चल घिमिरे, दीक्षा घिमिरे, बिष्णु राई, निमेश रिजाल, पुजा दाहाल र लभराज खड्का पनि सर्वसम्मत चयन भएकाछन् ।

यसैगरी सल्लाहकारमा बिमल शर्मा, राजु खड्का, छवि घिमिरे र गणेश प्रधानलाई मनोनयन गरिएको पनि बताईएको छ । दमकको संगम स्विट्समा अधिवेसन भएको थियो ।