झापा दमकका बिद्यालयहरु पनि बन्द गर्ने सरकारको निर्णय
विष्णुप्रसाद पोखरेल
दमक/ झापा दमकका सामुदायिक तथा नीजि बिद्यालय एवं शैक्षिक संस्थाहरु बन्द गर्नु पर्ने भएको छ । कोरोनाबाट प्रभावित बन्न सक्ने प्रमुख शहरहरुको शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारको निर्णयमा दमक पनि परेको हो ।
एकदिन अघि मात्र दमक नगरपालिकाले आवश्यक सावधानी तथा मापदण्ड अपनाएर बिद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेको थियो । बिद्यालय सञ्चालक तथा अभिभावकहरु सरकारको निर्णयका कारण अन्योलमा परेकाछन् ।
सरकारले प्रदेश १ का बिराटनगर, इटहरी, धरान, मेचीनगर, बिर्तामोड र दमकका विद्यालय तथा क्याम्पसहरु विदा गर्ने निर्णय गरेको हो । अन्य ठाँउका बिद्यालयहरु शुचारु गर्न भने सरकारको निर्णय अनुसार बाधा हुनेछैन ।
मापदण्ड अनुसार बिद्यालय सञ्चालन गर्ने दमकका शैक्षिक संस्थाहरुले भनेपनि बिद्यालयहरुले कुनै मापदण्ड पालना गरेका थिएनन् । सामान्य रुपमा नै बिद्यालयहरु सञ्चालन हुँदै आएका थिए र अहिले पनि हुँदै आएकाछन् ।
