२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मेचीनगर, ६ वैशाख । भारतीय ट्रकले ठक्कर दिएर घाइते भएका साइकल यात्री मनोज मेचेको मृत्यु भएको छ ।

मेचेलाई तत्काल बिर्तामोड स्थित वीएण्डसी अस्पताल पुर्याइएको थियो । अस्पताल परिसर पुर्याउने वितिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज विहान साढे ९ वजे मेचीनगर–७ स्थित एनएमसी डेरी उद्योग छेउमा पश्चिमबाट पूर्व आउदै गरेको डब्लुवी ७३ वी ३३२४ नम्बरको भारतीय ट्रकले साइकल यात्री मेचेलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

मेचीनगर–७ स्थित इच्छा टोलका ३२ वर्षीय साइकल यात्री मेचे विहान दहि किन्न एनएमसी डेरी उद्योग गएका थिए । दहि किनेर साइकलमा घर फर्किन बाटो क्रस गर्दा उक्त ट्रकले ठक्कर दिएको थियो ।

ट्रकले ठक्कर दिँदा साइकल यात्री मेचेको बायाँ हात र कम्मरमा गम्भीर चोट लागेको थियो । ट्रक र साइकल इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा छ भने चालक फरार रहेको ट्राफिक प्रहरीले जनाएको छ ।-अर्जुन कार्की  (लोकतन्त्र पोष्टबाट)