२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा गयराती असिनापानी परेको छ । हावाहुरी सहित असिनापानी परेको हो । दिउसो उखुम गर्मी रहेपनि साँझदेखि आकाश धुम्मिएको थियो । असिनापानीले कहाँ कति क्षति गर्यो भन्ने विवरण भने आएको छैन ।

यसैबीच जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि भू–भागमासमेत बर्षा हुने जनाएको छ ।

देशको पूर्वी मध्य भू–भागका केही स्थानमा र पश्चिममा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ । पूर्वी र मध्य तराईका केही स्थानहरुमा हुरी बतास चल्ने सम्भावना छ ।

देशका पूर्वी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँक्री भू–भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ।