कमल गाँउपालिकाको सितापुरीमा दुर्घटना, एक बालकको मृत्यु
बैशाख ११ । झापाको कमल गाउँपालिका–४ मा मोटरसाइकलले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ ।
शनिबार अपरान्ह सितापुरी भन्ने स्थानमा प्र–१–०१–०१२ प १६०२ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही गाउँपालिका ५ बस्ने ७ वर्षीय निश्चल खड्कालाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खड्कालाई दमकस्थित लाइफलाइन अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको दमक ट्राफिकले जानकारी दिएको छ । ठक्कर दिने सवारी र चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।
