२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ कोरोना संक्रमणका कारण दमकसंगै जोडिएको कमल गाँउपालिका वडा नं. ५ की एक महिलाको मृत्यु भएको छ । बिएण्डसि अस्पतालमा उपचारको क्रममा ६५ बर्षिया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले पुष्टि गरेको छ ।

झापामा आज १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको र १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ८ महिलासहित १८ जनामा संक्रमण पुष्टि भएको हो ।

मेचीनगरमा ४, विर्तामोडमा ५, भद्रपुर १, अर्जुनधारा ३, गौरीगञ्ज १ र झापा गाउँपालिकामा ४ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै झापामा मृत्यू हुनेका संख्या १३१ जना पुगेको छ भने संक्रमितको संख्या ४८८१ पुगेको छ ।