क्या ! चिटिक्क बन्यो दमक ६ को पञ्चमुखि हनुमान मन्दिर
दमक/ झापाको दमक ६ मा रहेको पुरानो श्री पञ्चेश्वर हनुमान मन्दिरको जिर्णोद्वार भएको छ । हनुमान जयन्तीको पुर्वसन्ध्यामा हनुमान मन्दिरलाई आकर्षक बनाएको पाईएको छ । मन्दिरमा टायल लगाउनेदेखि लिएर रंग रोगन गर्ने काम सकिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष एवं दमकका सामाजिक अगुवा अजय अग्रवालले बताएकाछन् ।
बिभिन्न दाताहरुको निस्वार्थ सहयोग तथा समितिमा रहेकाहरुको ईच्छाभावका कारण मन्दिरको स्वरुप नै परिवर्तन भएको जनाईएको छ । समितिका उपाध्यक्ष समेत रहेका दमकका अग्रणी ब्यवसायी अशोक चौधरीले बताएकाछन् ।
मन्दिरमा सदाबर्ष झै यो बर्ष पनि मंगलवार हनुमान जयन्ती मनाउने कार्यक्रम रहेको चौधरीले जनाएकाछन् । उनले उक्त जयन्तीमा सहभागिताका लागि पनि सबैसंग आग्रह गरेकाछन् ।
स्थापनाको झण्डै चारदशक पछि मन्दिरले फरक स्वरुप ग्रहण गरेको छ । सडक विस्तारको क्रममा मन्दिरको केहि भागकोवाल भत्केपछि मन्दिर क्षेत्र अब्यवस्थित झै देखिदै आएको थियो ।

