अनिश्चितकालका लागि दमक सहित झापाका सबै बिद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय
विष्णुप्रसाद पोखरेल
दमक/ दमक सहित झापाका सबै स्थानीय तहहरुले अनिश्चितकालका लागि सबै बिद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेकाछन् । जिल्ला स्तरीय कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा रोकथाम समिति झापाको बैठकमा छलफल पछि यस्तो निर्णय भएको बताईएको छ ।
अर्को सूचना नभएसम्मका लागि सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय भएको छ, बैठकमा सहभागि एक सदस्यले भने । कोरोना संक्रमणको भयाभह अवस्था आउन लागेकोले यस्तो निर्णय लिनु परेको पनि उनको भनाई रहेको छ ।
एकसाता अघिदेखि शहरी क्षेत्रका बिद्यालयहरु बन्द रहेपनि ग्रामिण क्षेत्रमा बिद्यालयहरु खुला रहेका थिए । अहिले पनि नीजि बिद्यालयहरुले परिक्षाको तयारी भन्दै गुपचुपमा बिद्यालय सञ्चालन गर्ने गरेको पनि पाईएको थियो । अब भने परिक्षा पनि अनिश्चित बनेको छ ।
भद्रपुर नगरपालिकाले जिल्लामा भएको निर्णय सार्वजनिक गर्दै आफ्नो आधिकारीक पेजमा सूचना निकालेर नै यस बिषयमा जानकारी गराएको छ । यसभन्दा अघि मेचीनगर नगरपालिले नगरपालिकाभित्र सञ्चालनमा रहेका सवै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुको वार्षिक परीक्षा स्थगित गदैै पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।