दमक उद्योग बाणिज्य संघले गर्यो माक्स वितरणसंगै कोरोना विरुद्ध सचेतना अभियान
दमक/ दमक उद्योग बाणिज्य संघले दमकको शब्जि बजार तथा भिडभाडयुक्त क्षेत्रमा कोरोना संक्रमणबारे सचेतना सहित माक्स बितरण गरेको छ । माक्स लगाउन प्रेरित गर्ने उदेश्यले माक्स बितरण गरिएको जनाईएको छ । गोपाल गुरागाई, राजु खड्का, रमा लिम्बु लगायतको टोलीले माक्स वितरण गरेको हो ।
पछिल्लो समयमा दमकको कोरोना संक्रमणदर बढ्दो अवस्थामा रहेको छ । कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापनका लागि तत्काल कदम चाल्न स्थानीय सरकार तथा सरोकारवाला निकायहरुलाई दबाब पनि पर्दै आएको छ ।
