दमकमा लकडाउन गरेर भएपनि कोरोना संक्रमणको भयाभह अवस्थालाई रोक्न तयारी गर्नुपर्छ-प्रकाश बुढाथोकी
दमक/ दमक नगरपालिकामा मंगलबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकमा कोराना महामारीबाट दमकलाई कसरी सुरक्षित बनाउने र कोरोना महामारीको ब्यवस्थापनको बिषयमा छलफल भएको छ ।
स्वास्थ्य, ब्यवसायीक लगायत सबै क्षेत्रबाट सुझावहरु दिने क्रममा तत्काल लकडाउन गर्नेभन्दा पनि स्वास्थ्य सावधानी अपनाउनु पर्नेमा जोड दिईएको छ । यद्यपी अहिलेको महामारीको अवस्था र हेल्चेक्राईका कारणले गर्दा केहि समय तत्काल लकडाउन गरेर तयारी गर्दा राम्रो हुने सुझाव नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा सभापति प्रकाश बुढाथोकीले राखेकाछन् ।
उनले अघिल्लो पटक महामारी फैलदा ब्यापारी तथा अधिकाँशले गरेको हेल्चेक्राईको सम्झदै अब त्यस्तो हेल्चेक्राई गरेमा अवस्था गम्भिर बन्न सक्ने बताए । एकसातासम्म लकडाउन गरेर त्यस अवधिमा कोरोना रोकथाम तथा ब्यवस्थापनमा काम गर्दा पनि राम्रो होला भन्ने लाग्छ, उनले भने ।
अन्यले लकडाउन बिषयमा खासै केहि पनि चर्चा गरेनन् । स्वास्थ्य सावधानी अपनाउने बिषयमा र प्रभावकारी अनुगमनको बिषय उठाए । बुढाथोकीले समयमा नै सचेत भएर आवश्यक ठोस कदम चाल्दा उपयुक्त हुन सक्ने भन्दै सुझाव दिएका थिए ।
