दमकमा सडकमा राखिएको शंकाश्पद बस्तु डिस्पोज, रंगको बट्टा भित्र ढुंगा र तार
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमक ९ मा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ । विहिबार बिहान करिब ६ बजे दमक नगरपालिका –९ स्थित प्रगति मार्गमा टिनको डब्बामा बाहिर तार देखिने गरी शंकाश्द बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
एमसिसिको विरोधमा आफ्नो भनाई राख्दै नेपाल कम्युनिष्ट पार्टी विद्रोही लेखिएको कागज उक्त बट्टामा टाँस भएको पाईएको जनाईएको छ । रंगको बट्टामा भित्र ढुंगा रहेको र त्यहाँ तार राखिएको पाईएको प्रहरीको भनाई छ ।
सडकमा रहेको विस्फोटक पदार्थलाई नालीमा लगेर बिद्यूतीय माध्यमबाट नेपाली सेनाले डिस्पोज गरेको हो । दमकमा सडकमा विस्फोटक पदार्थ रहेको भन्दै विहानै देखि त्रास सिर्जना भएपनि विस्फोटक पदार्थ नरहेको पाईएको सुरक्षा श्रोतको भनाई छ ।
जनजिवनलाई आंतकित बनाउने उदेश्यले यो राखिएको हुनसक्ने र यस बिषयमा छानविन शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्कीले बताए । उनका अनुसार यसमा संलग्नहरुको खोजी कार्य पनि तिब्र बनाईएको छ ।
