२०७८ कार्तिक ९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ महिना अगाडि

दमक / दमकका सफल युवा व्यवसायी एवं लायन्स लिडर ज्ञाननाथ पौडेल ( ज्ञानु) नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश अन्तर्गतको मानव संसाधन बिकास समिति सदस्यमा मनोनित भएका छन ।

दमक उदोग वाणिज्य संघको कार्य समिति सदस्य भइसकेका उनलाई मनोनित गरिएको महासंघका प्रदेश अध्यक्ष टीकराज ढकालले पत्र दिएर जानकारी गराएकाहुन्। दमक किचन गुडसका प्रोप्राइटर पौड्यालले यसका लागि योग्य ठहरियाएर आफुलाई जिम्मेवारी दिएको प्रति आभार प्रकट गरेकाछन् ।

प्रदेश एकको आर्थिक गतिबिधिलाई चलायमान बनाउँदै सबै व्यवसायिकहरुको हकहित साथै संघीय, प्रदेश र स्थानीय सरोकारवालाहरुसंग समन्वय गरि काम गर्न महासंघले प्रदेश स्तरमा बिषयगत समिति गठन गरेको र यसमा पौड्याललाई सदस्यमा मनोनित गरिएको मनोनयनपत्रमा उल्लेख छ ।