झापाका अर्का एक कोरोना संक्रमितको आज विहानै मृत्यु
दमक/ झापामा फेरी कोरोना संक्रमणले एक ब्याक्तिको ज्यान गएको छ । झापा गाउँपालिका वडा नं ४ का ५७ वर्षिय पुरुषको आज बिहान नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जनाईएको छ ।
भारतको जम्मुकाश्मिरबाट विरामी भएर उनि बैशाख १२ गते घर फर्केका थिए । आज विहान ३ बजेतिर उनको मृत्यु भएको जनाइएको छ । बुधबारमात्र यहि गाँउपालिकाको सोही वडाका ५५ वर्षिय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।
