२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक / दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईलाई प्रभावकारी न्यूजको प्रश्न थियो दमकमा कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापनका लागि तत्काल के गर्नुपर्ला रु लकडाउन वा निषेधाज्ञा लगाउन जरुरी छ की छइन ? यस्तो छ उनको जवाफ-

कोरोना भाइरस प्रसार नियन्त्रण र प्रभाव न्युनिकरणका लागि तत्काल गर्नुपर्ने कार्यहरु

१. जनचेतना अभिवृद्धि गरी बजार तथा पसलहरुमा एवं सार्वजनिक सवारीहरुमा मास्क अनिवार्य गर्ने, पसलहरुमा सेनिटाइजरको व्यवस्था गर्ने र त्यसको निरन्तर अनुगमन तथा आवश्यक कारवाहीको समेत व्यवस्था गर्ने ।

२. अक्सिजन तथा भेन्टिलेटरको व्यवस्था गरि आपत्कालका लागि जगेडा गर्ने ।

३. लकडाउन पुर्व गर्न सकिने सम्पूर्ण उपायहरु अवलम्बन गर्ने ।

४. कोभिड अस्पताललाई पूर्ण क्षमता सहित शिघ्र संचालनमा ल्याउने ।

५. भिडभाड हुने किसिमका कार्यक्रमहरुमा पूर्ण रुपमा रोक लगाउने, र पसल व्यवसाय लगायत सवै स्थानमा भौतिक दूरी कायम हुने किसिमको व्यवस्था गर्न कडाई गर्ने ।

६. दमकमा रहेका अस्पतालहरुबाट प्रदान गरिने सेवाहरुलाई व्यवस्थित बनाउँदै भिडभाड नहुने गरी संचालन गर्नका लागि आग्रह गर्ने र जुनसुकै अवस्थामा समेत अस्पतालका सवै सेवा सुचारु राख्ने ।