सरकारले सहयोग गरे लाइफलाइन अस्पताल दमकले कोभिड उपचार केन्द्र शुरु गर्ने
दमक/ दमकको लाइफलाइन अस्पताल कोभिडको बिरामीलाई उपचार गराउन ईच्छुक रहेको जनाईएको छ । सरकारले आवश्यक सहयोग गरेमा हामी सरकारी अस्पताल तथा स्थानीय सरकारसंग समन्वय गरेर यहाँका विरामीहरुलाई सेवा दिन तत्पर रहेका छौ, अस्पतालका मेडिकल डाइरेक्टर सुर्यनारायण शाहले भने ।
अस्थाई कोभिड उपचार केन्द्रको रुपमा नै सेवा दिने अस्पतालले जनाएको छ ।दमकका अन्य अस्पतालहरुले पनि चासो देखाउदै आएको बताईएको छ । नगरपालिका तथा सरकारले पनि नीजि अस्पतालहरुलाई ३ देखि ५ वटा बेड कोरोना संक्रमितको लागि आवश्यक परकेो अवस्थामा उपचारका लागि राख्न निर्देशन दिईसकेकोछ ।
लाइफ लाइन अस्पताल दमकको पुरानो ठुलो नीजि अस्पताल हो । यसभन्दा अघि विराटनगरको नोवेल अस्पतालले बेग्लै कोभिड उपचार केन्द्र शुरु गरिसकेको छ । यसमा केन्द्र सरकारको सहयोग रहेको छ ।
