दमकको कोरोना अपडेट-कोरोना संक्रमण भएकी एक महिलाको आज विहान मृत्यु
दमक/झापाको दमककी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि धरानमा उपचाररत महिलाको मृत्यु भएको जनाईएको छ । यद्यपी यसको औपचारिक पुष्टि भने हुन बाँकी रहेको छ । मंगलवार उनलाई उपचारका लागि धरान लगिएको थियो ।
उनका एक आफन्तका अनुसार आइतवार स्वास्थ्यमा निक्कै सुधार भर भेन्टिलेटरबाट सार्ने स्वास्थ्यकर्मीले बताई रहेको अवस्थामा सोमबार विहान साढे ७ बजे उनको निधन भएको हो । नगरपालिका स्वास्थ्य शाखाका अनुसार यस बिषयमा अनौपचारिक जानकारी भएपनि औपचारिक रुपमा जानकारी आएको छैन ।
