२०७८ बैशाख २७, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता १ हप्ता अगाडि

विराटनगर । प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा आज थप २७ जना कोरोनाका नयाँ बिरामी थपिएका छ्न । जिल्ला स्वास्थ्य कार्यालय झापाले दैनिक सार्वजनिक गर्दै आएको सन्क्रमितको तथ्यांकमा ८ महिलासहित कुल २७ नयाँ सङ्क्रमित दमकमा थपिएको उल्लेखछ ।

दमकमा आज एक महिला सहित दोश्रो भेरियन्टको कोरोना संक्रमणका कारण दूइजनाको मृत्यु भएको छ ।