२०७८ बैशाख २७, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता १ हप्ता अगाडि

दमक/ दमक सहित झापामा निषेधाज्ञा उल्लंघन गर्ने ५३६ सवारी साधन होल्डमा राखिएको बताईएको छ । जोर बिजोर प्रणालीबाट मात्र सवारी साधन कुदाउनका लागि जिल्ला प्रशासन कार्यालय झापाले आदेश जारी गरेको थियो ।

निषेधाज्ञा उल्लंघन गरी चलाउने ६२ वटा चार पांग्रे र ४७४ वटा दुई पांग्रे सवारी साधनलाई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । निषेधाज्ञाको पहिलो दिन सोमबार जोर नम्बर भएका सवारीलाई मात्र चलाउन दिने भनिएकोमा बिजोर नम्बरका सवारी चलाउनेहरुलाई नियण्त्रणमा लिएको र बेलुका ५ बजेपछि छाडिएको जनाईएको छ । भोली बिजोर नम्बरका सवारी साधनमात्र कुद्न पाउने छन् ।