२०८० चैत्र १५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

झापा, २१ वैशाख । शिवसताक्षी नगरपालिका–८ स्थित डुडामारीका २८ बर्षीय जीवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी–१० स्थित माईखोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा उनी माईखोलाको बाधमा बगेर बेपत्ता भएका थिए ।

थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय झिलझिले र अस्थाइ प्रहरी पोष्ट माईधारबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाँउबाट अन्दाजी ५०० मिटर दक्षिण मृत अवस्थामा फेला परेको झिलझिलले प्रहरीले जनाएको छ ।