२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापामा आँउदो बुधबारदेखि पुर्ण निषेधाज्ञा लगाउने निर्णय भएको बताईएको छ । डिसीसीएमसीको बैठकले यस्तो निर्णय लिएको जनाईएको छ । झापामा सक्रिय संक्रमितको संख्या ७ सय नाघिसकेको छ । सरकारले ५ सय पुगेपछि पुर्ण निषेधाज्ञा लगाउने अधिकारी प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख एवं डिसीसीएमसीका सल्लाहकार सोमनाथ पोर्तेलका अनुसार भोली बुधबार मध्यरातदेखि पुर्ण निषेधाज्ञाको निर्णय भएको हो । मंगलावर साँझ बैठक बसेको हो । यसभन्दा अघि आंशिक निषेधाज्ञा जारी भएर लागु भइरहेको छ ।

झापामा आँंशिक निषेधाज्ञा पालना नभएपछि र संक्रमणदर दिनहु तिब्र गतिमा बढेपछि नागरिकको सुरक्षाका लागि यो निर्णय लिईएको जनाईएको छ । अब अत्यआवश्यकीय बाहेक सबै बन्द रहनेछन् । अहिले घोषणा भएको निषेधाज्ञामा विहान ११ बजेसम्म पसल तथा ब्यपार ब्यवसाय शुचारु रहेको थियो । अत्यआवश्यक बाहेक अब यातायात, ब्यापार ब्यवसाय एवं पसलहरु सबै बन्द रहनेछन् ।

जोरबिजोर प्रणालीबाट सवारी साधन पनि चलेका थिए भने होटलहरु पनि खुला रहेका थिए । पछिल्लो रिर्पोटहरु अनुसार झापामा कोरोना जाँच गराईएका ३५ देखि ४० प्रतिशतमा कोरोना संक्रमण देखिन थालेको छ भने प्रमुख शहरहरु पनि कोरोना संक्रमणदर उच्च देखिदै आएको छ ।

कोरोना संक्रमणदर बढ्दै गएपछि पुर्ण निषेधाज्ञा लगाउनका लागि सामाजिक सञ्जालहरुमा माग उठ्दै आएको थियो । आंशिक निषेधाज्ञाले झन् जोखिम रहेको भन्दै यस्तो सल्लाह सम्बन्धित निकायलाई सर्वसाधरणदेखि लिएर सामाजिक अगुवाहरुले पनि दिएका थिए ।

स्थानीय तहहरुले पनि कोरोना संक्रमण बढ्दै गएपछि अत्यआवश्यक बाहेकका सेवाहरु बन्द गरिसकेकाछन् । अधिकाँश सरकारी कार्यालयहरु बन्द रहेकाछन् । तर बजार तथा यातायात र होटल खुला रहेपछि यसको आलोचना शुरु भएको थियो ।