आज विहान कन्काई सुरुङ्गाका अर्का ब्याक्तिको पनि कोरोना संक्रमणले मृत्यु
झापाको कन्काई नगरपालिका सुरुङ्गाका एक ब्याक्तिको कोरोना संक्रमणका कारण आज विहान मृत्यु भएको छ । केहि दिन अघि भारतबाट नेपाल आएका उनि विरामी परेपछि विराटनगरमा उपचारत रहेको जनाईएको छ । संक्रमणबाट मृत्यु भएका उनि कन्काई नगरपालिका वडा नं. ३ का बासिन्दा रहेको जनाईएको छ ।
यसभन्दा अघि आज नै झापाको मेचीनगरकी एक महिलाको कोरोना संक्रमणबाट होम आइसुलेसनमा नै मृत्यु भएको बताईएको छ । यो संगै आज एकैदिन जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
