सजग बनौ-३२ जनाको स्वाब परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि
दमक/ दमक नगरपालिकामा कोरोना संक्रमणदर निक्कै बढिरहेको पाईएको छ । सन्त्रास मान्ने भन्दा पनि होशियारी अपनाउने अवस्था रहेको छ । नगरपालिकाले कोभिड उपचार केन्द्र मार्फत प्रोटकलमा परेकाहरुको स्वाब परिक्षण गर्दा यसको रिर्पोटले शुभ संकेत दिएको छ ।
दमक नगरपालिकाले ३ दिन अघि शंकास्पद लक्षण देखिएका ३२ जनाको स्वाब परिक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाको छ । नगरपालिकाले थप ४७ जनाको स्वाब परिक्षणका लागि पठाएको पनि जनाईएको छ ।
