२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक । झापाको दमकमा आज एकैदिन ३४ जनामा कोरोना संक्रमित थपिएकाछन् । स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको विवरणमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ । यता नगरपालिकाका जन स्वास्थ्य निरिक्षक बद्रि बरालले सामाजिक सञ्जाल फेसबुक मार्फत दमकमा आज ६३ जना संक्रमित पुष्टि भएको जानकारी दिएकाछन्

दमक सहित झापामा आज २ जनाको मृत्यु भएको पनि स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा कोरोना संक्रमणदर बढेपछि निषेधाज्ञा लगाईएको छ । निषेधाज्ञाको पुर्ण पालना भने हुन सकेको छैन । कडा किसिमको निषेधाज्ञा लगाउनु पर्ने अवस्था आउन लागेको बताइन्छ ।