दमकमा नगर प्रमुख,उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडि पनि नगरबासीको सेवाका लागि तयार छ-तिम्सिना
गणेशप्रसाद तिम्सिना
दमक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत
नगरपालिकाको सबै साधन र श्रोत नगरवासीको सम्पति हो। नगरवासीलाई सङकट परेको बेला सवै साधन र श्रोत नगरवासी का लागि प्रयोग गरिन्छ । यो घोषणा गरिरहनु पर्ने विषय नभएर नगरवासीको अधिकार को कुरा हो ।
दमक नगरपालिका सँग १०० बेडको सुविधा सम्पन्न क्वारेन्टाइन छ । २४ सै घण्टा चिकित्सक र स्वास्थ्यकर्मीको सेवा सहित ३० बेडको कोविढ उपचार केन्द्र सन्चालित छ । ४ वटा भेन्टिलेटर सहितका एच डि यु वेड छन । ३ वटा एम्बुलेन्स र एउटा सव वाहनले २४ सै घण्टा सेवा प्रदान गरीरहेका छन् ।
नगर प्रमुख,उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने र अरू ३ वटा गाडी आवस्यक पर्दा जुनसुकै बेला नगरवासीका लागि प्रयोग गरिन्छ । आम्दा अस्पताल, दमक रेडक्रस र अरु नीजि अस्पताललाई पनि कोविड उपचारका लागि तयारी राखिएको छ ।
नगरपालिकाका जनप्रतिनिधि हरु र स्वास्थ्यकर्मीहरु २४ सै घण्टा कोरोना विरुद्ध लडाईको मैदानमा हुनुहुन्छ। निषेधाज्ञा भए पनि सवै कर्मचारी हरुलाई आवस्यक पर्दा तत्काल उपस्थित हुने गरी तयारीमा राखिएको छ । सँक्रमित भएर होम आईशोलेसनमा बसेको भए पनि व्यवस्थापन का लागि म आफैँ पनि फोनबाट समन्वय गरिरहेको छु । हाम्रो श्रोत, साधन र जनशक्तिले सक्ने सम्मको उपचार हामी गर्छौं । नसकिने भएमा हामी नजिकका ठूला अस्पताल सम्म पुर्याउँछौँ ।
त्यसैले कोरोना सँक्रमण भएमा वा सँक्रमण भएको सङ्का भएमा जुनसुकै वेला नगरपालिकाका पदाधिकारी,कर्मचारी, कोविड उपचार केन्द्र,दमक अस्पताल वा आधारभूत स्वास्थ्य केन्द्र हरुमा सम्पर्क गर्नु हुन सम्पूर्ण नगरवासीहरुमा मा अनुरोध गरिन्छ ।
घर भित्रै बसेर कोरोना सँक्रमण हुनबाट बचौँ,
कारणवस सँक्रमण भइहालेमा नगरपालिकालाई सूचना गरौँ ।
कोरोना संक्रमित भएर होम आईसुलेसनमा रहनु भएका गणेशप्रसाद तिम्सिना (दमक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत)-फेसबुक पेजबाट
