कोरोना संक्रमणबाट दमककी एक बृद्धाको मृत्यु
दमक/ झापाको दमकमा कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ । ८३ बर्षिया बृद्धाको बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कोरोना संक्रमणले अप्ठेरो पारेपछि उनि अस्पतालमा भर्ना भएकी थिईन । शनिवार विहान उनको मृत्यु भएको बताईएको छ ।
