झापामा फेरी एक कोरोना संक्रमितको मृत्यु
दमक/झापामा फेरी एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण काँकरभिट्टाका एकजना पुरुषको विराटनगर स्थित नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।
मेचीनगर–६, काँकरभिट्टाका ६० वर्षीय पुरुषको शनिबार राति १० वजे नोवेलमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताईएको छ । यो संगै मेचीनगरमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या ३ पुगेको बताईएको छ ।
