२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापामा आईतवार १५२ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । यसमा सबैभन्दा बढि दमक नगरपालिकाका रहेको पाईएको छ । दमक नगरमा मात्र आईतवार ५५ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । यो आज सबैभन्दा बढि झापामा कोरोना संक्रमित देखिएको स्थानीय तह हो ।

२४ घण्टाको अवधिमा झापामा दूइ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको छ । बिर्तामोड र शिवसताक्षीका २ जना बृद्ध पुरुषको मृत्यु भएको पनि जनाईएको छ ।