२०८० चैत्र १६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/झापाको दमकमा समुदायमा कोरोना संक्रमणको अवस्था भयाभह नहोस भनेर कन्ट्याक्ट ट्रेसिङ को आधारमा मापदण्डमा परेकाहरुको हप्तामा दूई पटक निशुल्क पिसिआरका लागि स्वाव सकलन गर्ने भएको छ ।

सरकारी दमक अस्पतालबाट सञ्चालित कोभिड उपचार केन्द्रमा साताको दुई पटक कोभिड परिक्षणका लागि स्वाब सकलन गरिने नगरपालिकाले सूचना जारी गरेर सर्वसाधरणलाई अवगत पनि गराएको छ ।

सोमबार र विहिबार कोभिड हस्पिटल बेलडाँगीमा विहान साढे १० बजेदेखि स्वाव संकलन गरिने दमक नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबृक्ष चौधरीले जनाएकाछन् । कोरोना संक्रमण रोकथामका लागि कन्ट्याक्ट ट्रेसिङलाई महत्वपूर्ण मानिन्छ ।

दमक नगरपालिकाले जारी गरेको सूचनामा यो सुविधा नगरबासीका लागि मात्र भएको स्पष्ट पारेको छ । दमकको बेलडाँगीमा गतसातादेखि कोभिड अस्पताललाई पुन शुचारु गर्दै पिसिआर परिक्षणलाई पनि प्राथमिकतामा राखेकोछ ।