२०७८ असार ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक । झापामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अर्जुनधाराका दुईसहित शिवसताक्षीका १ र गौरादहका १ ब्याक्ति रहेकाछन् । अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार मृत्यु हुनेमा ६१ वर्षीय एक बृद्ध र अर्का ४२ बर्षिय पुरुष रहेकाछन् ।

यसैगरी बिर्तासिटी हस्पिटलमा शिवसताक्षीका एक कोरोना संक्रमित बृद्धको आज बिहान मृत्यु भएको जनाईएको छ । मृत्यु हुनेमा वडा नं १० का ८५ वर्षिय बृद्ध रहेको पनि बताईएको छ ।

यत आज नै गौरादहका एक बृद्धको पनि कोरोना संक्रमणबाट निधन भएको छ । दमकस्थित एडभान्स हस्पिटलमा उनको मृत्यु भएको गौरादह नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जनाएकाछन् ।