२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

गोरुको मासु बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्ने भारतका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई प्रहरीले गोरुको मासु बिक्री गरेको भन्दै पक्राउ गरेको हो । उनीहरूले कोठाभित्र गोरुको मासु बिक्री गरेको सूचना पाएपछि प्रहरीले हिजो छापा मारेको थियो ।

प्रहरीले उनीहरूलाई १५ किलो ५सय ग्राम गोरुकोे मासुसहित पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोेलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।