२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

कमला घिमिरे

आज 12 May international nursing day एका तिर हामीजस्ता नर्सलाई चुनौति छ भने अर्कोतिर मौका पनि त्यतिकै छ । आज बिश्व कोभिड महामारीको कारणले गर्दा बिषम अवस्थामा छ । धेरै बिरामी कोभिड कै छन ।

जस्तो सुकै अवस्थामा पनि नर्सहरुले दिन रात नभनि काम गर्नु पर्छ । यसरी काम गर्ने क्रममा हेर्दा हेर्दै बिरामीको मृत्यु हुन्छ, आफु संगै काम गर्ने नर्स हरुलाई पनि कोरोना संक्रमण हुन्छ अनि कसैको त ज्यान पनि जान्छ । अहिले यस्तो बिषम अवस्थामा गर्नु परेको छ र काम गरिरहेका छौ ।

कोरोना सक्रमण जुन बेला पनि हुनसक्ने डर त सबैलाई छ । हामीलाई पनि छ । त्यहिं पनि हामी हाम्रो कामबाट भाग्न सक्दैनौ । जे भए पनि जहिले पनि हसिलो अनुहारमा बिरामीको सेवा गर्छौ । तर राज्य बाट उचित मूल्यांकन भएको छैन। विश्व समुदायलाई हेर्दा अहिले नर्सलाई  सम्मान गरिएको छ ।

WHO ले HERO को उपाधि दिएको छ भने अमेरिकाले सन् 2022 लाई नर्स बर्ष मनाउने भएको छ र अहिले विश्वभर नर्सको माग बढेको छ । कामको मुल्यांकन हुन थालेको छ। नर्स, जस्ले मानव जातिलाई जन्म देखि मृत्यु सम्म सेवा गरेको हुन्छ । जे जस्तो भएपनि हामीले यस्तो बिषम अवस्थामा हाम्रो जिम्मेवारी बहन गर्नुपर्छ । आत्मबल बढाउनु पर्छ । मानव सेवा नै सबै भन्दा ठूलो धर्म हो। आफु पनि बाचौ अरूलाई पनि बचाउ  । happy international nursing day to all

-लेखक घिमिरे नर्सिङ अफिसरको रुपमा आम्दा अस्पतालमा कार्यरत हुनुहुन्छ ।