२०७८ असार ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

विष्णुप्रसाद पोखरेल

मैले जे देखेँ त्यहि लेखेँ

दमक/ झापाको दमक नगरपालिकाले आज शनिवारदेखि जारी गरेको लकडाउन र जिल्ला प्रशासन कार्यालय झापाले थप गरेको निषेधाज्ञाको पालना दिनभर राम्रो संग भएको छ । दमकको मुख्य चोक तथा बजारमा निक्कै कडाईका साथ निषेधाज्ञा पालना गरेको पाईएको छ । प्रहरीले दमक चोकमा सञ्चालन हुने क्लिनिकहरुको ओपिडि सेवा बन्द गर्न आग्रह गरेपछि यहाँ देखिने भिडभाड पनि कम रहेको थियो ।

दिनभर निषेधाज्ञाका कारण सबै घर बसेपनि साँझपरेछि फेरी निषेधाज्ञा अवज्ञा गरेको पाईएको छ । साँझ पर्न साथ मानिसहरुको आवतजावत भएको, पसलहरु लुकिछिपी खोलेको र सवारी साधनहरु पनि कुदाएको पाईएको छ । दिनभर अहिलेसम्मकै सबैभन्दा उत्तम निषेधाज्ञा पालना भएको पाईएपनि साँझ परेपछि फेरी निषेधाज्ञा अवज्ञा गरेको भेटिएको छ । साँझ परेपछि भने बिगतमा बिभिन्न राजनीतिक दलहरु बन्द गरेर खुले जसरी मानिसहरु आवतजावत भएको देखियो । यस्तो कार्य पनि रोकिनु पर्दछ ।

अत्यआवश्यकीय बाहेक हिडडुल गर्दा र भिडभाड गर्दा जोखिम हामी सबैलाई नै हुने हो । यो हामी सबैले बुझ्न जरुरी छ । प्रहरीका लागि, नगरपालिका लागि र जिल्ला प्रशासन कार्यालयका लागि निषेधाज्ञा पालना गर्नु परे जसरी भन्दा पनि हाम्रै लागि हो भनेर यसको पालना गरौ । बिगतमा लगाईएका निषेधाज्ञा तथा लकडाउनको आंशिक प्रभाव देखिने अधिकाँश चोकहरु सुनसान र चकमन्न देखिन्थ्यो । यो हामी सबैले पालना गरेर नै हो ।

जनपथ प्रहरी, नगर प्रहरी, नगर बजार अनुगमन समितिको सक्रियताका कारणले दिनभर भने दमक ठप्पै जस्तो देखिएको थियो । प्रहरीले साईरन बजाएर हिडेपछि सबै शतर्क भएर घरभित्र पस्ने, पसल खोलेको भए बन्द गर्ने क्रम पनि देखियो । नगरपालिकाको गाडिले पनि बजारको अनुगमन गरेकाले पसल खोल्ने र निषेधाज्ञा अवज्ञा गर्ने आँट खास कसैले गरेको देखिएन । यो कोरोना संक्रमणको दर घटाउन र कोरोना संक्रमणको चेन ब्रेक गराउन सहयोगी बन्नसक्छ ।

बित्तिय संस्थाहरु बन्द नै रहेको पाईएको छ । पुर्व पश्चिम राजमार्गमा पनि कम मात्र सवारी साधन कुदेका थिए । प्रहरीले अत्यआवश्यकीय र निषेधाज्ञामा छुट गरिएका सवारी साधनहरुको पनि जाँच गरेर मात्र कुदाउन दिएको भेटिएको छ । बिना काम सवारी साधनमा निस्कने र घुमिफिर गर्ने कार्य दिनभर खास रुपमा चलेको थिएन । केहिकेहिले चाहि औषधि किन्न र मरिमराउमा हिडेको भनेर फाट्टफुट्ट बाटो काटिरहेका थिए ।

निर्माण सामाग्रि बोक्नका लागि हुइकिएका केहि टिपरहरुलाई दमक क्याम्पस मोड नजिकै प्रहरीले रोकेको थियो । शब्जि पसल, फलफुल पसल तथा बिगतमा अत्यआवश्यकीय भनेर खोल्न दिईएका पसल एवं ब्यापार ब्यवसाय पनि बन्द नै रहे । सामाजिक सञ्जालहरुमा हेर्दा झापा जिल्लाभर नै यो पटक निषेधाज्ञाको पालना नागरिकले गरेको पाईएको छ । यो दिनभरमात्र नभएर साँझमा पनि कायम रहनु पर्दछ ।

कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ यस कारण मानिसहरुबीचको दुरी घटाउन र संक्रमितहरु अरुको सम्पर्कमा आउन नसकुन भनेर निषेधाज्ञालाई कडाईकासाथ पालना गर्नु पर्नेमा जोड दिईने गरेको छ ।

कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ यस कारण मानिसहरुबीचको दुरी घटाउन र संक्रमितहरु अरुको सम्पर्कमा आउन नसकुन भनेर निषेधाज्ञालाई कडाईकासाथ पालना गर्नु पर्नेमा जोड दिईने गरेको छ । भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने जस्ता उपायहरु यसबाट बच्नका लागि सुल्झाउने गरिएको छ ।