२०७८ असार ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक/ दमक जेसिजले दमकका कोभिड उपचार केन्द्रहरुमा उपचार गराईरहेका कोभिडका विरामीका कुरुवाहरुलाई हिडडुलमा सहजता ल्याउनका लागि दमक नगरपालिकाको स्वास्थ्य शाखासंग समन्वय गरेर विरामी कुरुवा कार्डको ब्यवस्थापन गरिदिएको छ ।

निषेधाज्ञाको समयमा विरामीका कुरुवाहरुलाई अस्तालसम्म आउन तथा खानेकुरा ल्याउन हिडडुल गर्न समस्या भएपछि कार्डको व्यवस्थापनमा सहयोग गरिएको दमक जेसिजका अध्यक्ष सुयोग खरेलले जनाए ।

कोभिड रोग नियण्त्रण तथा ब्यवस्थापनमा आफुहरुले सक्ने किसिमको जुनसुकै सहयोग गर्न पनि आफुहरु तयार रहेको उनले जनाएकाछन् । संक्रमितको उपचारमा आर्थिक अभाव तथा कुनै समस्या भएमा सहजीकरण गर्न पनि आफुहरु सधै तत्पर रहेको खरेलको भनाई छ ।