२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ ।स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

लामो उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उपचारकै क्रममा आज बिएन्डसी हस्पिटलमा निधन भएको हो ।  उनकाे २ बजेर ३० मिनेटमा निधन भएकाे अस्पतालले जनाएको छ ।

उनलाई वैशाख १७ गते थप उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो । संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा तथा २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखिएको थियो ।

५५ वर्षीय खाम्यहाङका छोरा, छोरी र श्रीमती छन् । खाम्याहाङ अस्वास्थ्य हुन पुग्दा उनकी श्रीमती गंगा खाम्याहाङ बीएण्डसीमा आइ सेवामा लागि परेकी थिइन् ।

कार्यालयको कामबाट काठमाण्डौ पुगेर फर्किएपछि उनमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय प्रशासनिक क्षेत्रमा २९ वर्ष काम गरिसकेका खाम्याहाङ स्थायी घर संखुवासभा रहेको उनका आफन्तले बताए ।