नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला
काठमाडौं- नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा भेरियन्ट फेला परेको हो।
भारतमा भेटिएका डबल र ट्रिपल म्युटेन्ट कोरोना भाइरसको प्रकार नेपालमा फेला परेको हो। भारतमा यी नामले चिनिएका यी भाइरसलाई भेरियन्ट B.1.617.2 र B.1.617.1 नामाकरण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए।

