कोरोना सक्रमणबाट दमकका राजनीतिक तथा सामाजिक अगुवा मोती इङ्नामको निधन
दमक/ नेकपा एमालेका नेता एवं पुर्व जनप्रतिनिधि मोती इङ्नामको कोरोना सक्रमणबाट निधन भएको छ । आज विहान उनको उपचारको क्रममा निधन भएको बताईएको छ । उनि नेकपा एमाले प्रतिनिधि सभा निर्बाचन क्षेत्रीय कमिटी क्षेत्र नं. ५ झापा का सदस्य एवं दमक वार्ड नं. पुरानो १० र हालको ५ का पुर्व वार्ड अध्यक्ष रहेका थिए ।
बिर्ता सिटि हस्पिटलमा उपचार हुँदै आएको थियो । थप उपचारका लागि बिराटनगर लगिएपनि बचाउन नसकिएको पारिवारीक श्रोतले जनाएको छ । उनको आजै साढे १२ बजे कन्काईमा दाहसंस्कार गरिने जनाईएको छ ।
