२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ दमकमा बिभिन्न संघसंस्थाहरुको संयुक्त पहल र साझेदारीमा सञ्चालनको अन्तिम तयारीमा रहेको कोभिड आईसुलेसन सेन्टरमा वल्र्ड लिंक दमकले निशुल्क ईन्टरनेट सेवा दिएको छ । वल्र्ड लिंक दमकका प्रवन्धक राजन तिम्सिनाका अनुसार एकैसाथ धेरैले सञ्चालन गर्दा पनि समस्या नहुने गरी फ्रि वाईफाई सहितको सुविधा दिईएको जनाए ।

उनले यस प्रकारका आईसुलेसन सेन्टर तथा कोभिड उपचार केन्द्रमा सहयोग गर्ने पनि बताए । मेरो कार्यक्षेत्र भित्रका यस्ता कोभिड उपचार केन्द्र तथा आईसुलेसन सेन्टरमा ईन्टरनेटको अभाव भए म त्यो दिन चाहान्छु, यसमा वल्र्ड लिंक दमक प्रतिबद्ध छ, उनले भने ।

सबैको पहल र सहयोगमा कोभिड उपचार केन्द्र दमकसंगै रहने गरी बनाईएको आईसुलेसन सेन्टरलाई वल्र्ड लिंकले निशुल्क इन्टरनेट सुविधा दिएर सहयोग गरेको प्रति लायन्स लिडर ज्ञानु पौड्यालले आभार प्रकट गरेकाछन् । उनले आगामि दिनमा पनि यस प्रकारको सहयोगहोस भन्ने चाहेको जनाए ।

विहिबार विहान लायन्स लिडर अजय अग्रवाल लगायतको टोलीले उक्त आईसुलेसन सेन्टरको अवलोकन गरेकाछन् । विहान लायन्स लिडर तथा क्लव अध्यक्षहरु लागेर सरसफाई समेत गरेका थिए । आफ्नो जन्मदिनमा लायन्स लिडर हेमसिं अधिकारीले यहाँ गएर आफै सरसफाई पनि गरे ।