२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ नेकपा एमालेका नेता एवं प्रदेश १ मुख्यमन्त्री शेरधन राईले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीमा माधवकुमार नेपाल समुहले गरेको वेइमानीको बिषयमा कडा रुपमा आफ्नो भनाई राखेकाछन् । सामाजिक सञ्जाल फेसबुकमा उनले यस बिषयमा कडा टिप्पणी गरेकाहुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पेजमा लेखेकाछन्-

आज बाट भ्रम ताेडियाे ! आज सम्पन्न राष्ट्रिय सभाकाे निर्बाचनमा नेकपा (एमालेका) उमेदवारलाई पार्टी भित्रै ब्वाँसाे भएर निस्किएकाहरुकाे केन्द्रिय याेजनामा नेकपा (एमाले) कै सुर्य चुनाब चिन्हबाट निर्बाचीत भएका मतदाताहरुबाट हराइयाे !! पार्टी बिधान, पद्वति, प्रक्रिया, निती निर्णय र निर्देशनकाे वकालत गर्दै नेकपा र नेकपा (एमाले) भित्र भाँडभैलाे मच्याउदै पार्टी भित्रै ब्वाँसाेकाे नियत बाेकेर नाटकीय मन्चनमा ब्यष्त रहेका नेताहरुकाे मखुण्डाे आजबाट उघ्रियाे !!!

आज जे भयाे याे संसदीय अभ्यास र प्रणाली, दलीय ब्यवस्था र दलीय बिधी बिधानकाे नांगाे उपहास हाे, यसमा कसैले आँखा चिम्लन र कुरा चपाएर बाेल्न मिल्दैन !!!! जे हाेस नेकपा(एमाले) एक्लै लाेकप्रिय र शक्तिशाली छ, आजकाे परिणाम र तथ्यले त्यही बतायाे, देखायाे !!!!! सर्बशक्तिमान निर्णायक शक्ति जनता हुन !!!!!! असली कम्युनिष्ट, नकाबधारी कम्युनिष्ट र दक्षिणपंथी लगायत सबैखाले शक्तिहरुकाे बास्तिवक अनुहार, उनीहरुकाे हैसियत जनताले आगामी दिनहरुमा छुट्टयाउदै जानेछन !!!!!!! गठबन्धनका बावजुद नेकपा (एमाले) एक्लै बलियाे छ भन्ने कुरा आज स्पष्ट भएकाे छ !!!!!!!!