२४ घण्टाभित्र नयाँ प्रधानमन्त्रीको खोजी ! अब को होला प्रधानमन्त्री ?
दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको नेतृत्व लिएको एक सातापछि नयाँ प्रधानमन्त्रीको खोजी शुरु भएको छ । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले अहिलेको सरकारलाई विश्वासको मत प्राप्त गर्ने दह्रो राजनीतिक आधार नदेखिएको भन्दै वैकल्पिक सरकार गठनका लागि प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया सुरु गर्न राष्ट्रपति बिद्यादेबी भण्डारीलाई अनुरोध गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको कुनै पनि सदस्यले आफुलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न भोलि साँझ ५ बजेसम्मको समय दिएपछि अब नयाँ प्रधानमन्त्रीको खोजी शुरु भएको हो ।

