दमकसंग जोडिएको कमल गाँउपालिकाको केर्खामा दुर्घटना, एकको मृत्यु
दमक/झापाको कमल गाँउपालिकाको केर्खामा गयराती दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । पश्चिमवाट पुर्व तर्फ जादै गरेको प्र३–०१–००२४ च ४५३५ नम्बरको स्कारपियोको ठक्करबाट शिवसताक्षी १ धरमपुरका ६२ बर्षिय साने दर्जीको घटनास्थलमै मृत्यु भएको जनाईएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार राती करीब पौने ९ बजे बाटो क्रस गर्दै गरेका पैदलयात्री दर्जीलाई स्कोरपियाले ठक्कर दिएको थियो । सो सवारीका चालक र सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
