२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

डिल्लीराम गौतम

सुखकै खाजीमा प्रविधिको विकास भएको हो ? प्राविधिक सुविधाबाट मानिस सन्तुष्ट हुन सकेको छ ? रातदिन मानिसहरूमा सन्त्रास थपिएका छन् । करेण्ट लाग्ला कि ? ग्यास विस्फोट होला कि यानहरू दुर्घटनामा पर्लान् कि ? यी बाहिरी खाद्य सामाग्रीका कारण रोगी भइएला कि ? हरेक सुविधाका पछाडि उस्तै समस्या आएका छन् ।

आराम र सन्तोषको कुनै क्षण छैन । हर गाउँ टोलभित्रै अस्पताल निर्माण गर्नुपर्ने परिस्थितिहरू सिर्जना भए । गाउँघरमा उब्जाउ हुने सागसब्जी र खाद्यान्न सम्म विषाधियुक्त भए । विषादिले भरिएको शरीरलाई जित्ने रोगहरू जन्मँदैछन् । त्यसलाई जित्ने उपचार पद्धति र औषधिहरू निर्माण गर्दैमा आर्थिक उपार्जन सिद्धिइरहेको छ ।

यी सारा शरीरका लागि उपार्जन गरेका सुविधाका कुराहरूले मानिसलाई सुखी हुन दियो ? रातदिन दुःख र चिन्ता थोपरिदिएको छ ? यसर्थ सुविधा सुखको साधन होइन । शरीरको आरामको साधनमात्र हो । सुख त मानसिक कुरा हो । सुख र सुविधा छुट्याउन नसक्ता हामी जटिल अवस्थामा पुगिसकेका छौँ ।