आचार्य परिवारद्धारा जन्मदिनमा कोभिड उपचार केन्द्रलाई आवश्यक उपकरण जटित आईसियुबेड प्रदान
दमक/ झापा दमकका सामाजिक तथा शैक्षिक ब्याक्तित्व युनीक कलेज दमकका प्रिन्सिपल शान्तिराम आचार्यले आफ्नो जन्मदिनको अवसरमा कोभिड उपचार केन्द्र दमकलाई आवश्यक उपकरण सहितको आईसियु बेड प्रदान गरेकाछन् ।
बुरुण्डीमा रहेकी छोरी चन्द्रा आचार्य, ज्वाई लक्ष्मीप्रसाद गौतम र छोराबुहारी मुकुन्द र सुनिता आचार्यले आफ्ना बुबाको जन्मदिनमा कोभिड उपचार केन्द्र दमकलाई यो सहयोग गरेर जन्मदिन मनाएकाहुन् ।
देशभर र दमकमा समेत कोभिडका विरामीहरुको पीडा देख्दै र सुन्दै आएको अवस्थामा खुसिका साथ रमाईलो गरेर जन्मदिन मनाउने सोच पलाएन, आचार्यले भने । यो सहयोग गर्न पाउदा सबैभन्दा उत्तम जन्मदिन मनाएको अनुभुत भएको छ, उनको भनाई थियो ।
नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी सहितको उपस्थितिमा सुविधायुक्त आईसियुबेड विहिबार कोभिड उपचार केन्द्रलाई हस्ताण्तरण भएको हो । चन्द्रा आचार्यको नै पहलमा दमक अस्पताल कोरोना उपचार केन्द्र दमकलाई अर्को पनि आईसियु बेड उपलब्ध भएको छ । क्यानाडामा रहेका केशव राज भट्टराई तथा उनको परिवारको तर्फबाट पनि एउटा आइसियु बेड कोभिड उपचार केन्द्रलाई प्रदान भएको जनाईएको छ ।

यसैबीच दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले यस कार्यले आफुलाई गौरव लागेको बताएकीछन् । उनले आफ्ना विद्यार्थीहरुले यो सहयोग गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा आफ्नो गौरव अनुभति यसरी लेखेकीछन्-
शिक्षक हुनुकाे गर्व :-
दमक बहुमुखी क्याम्पस पढाउदाकाे मेराे पूर्व विद्यार्थि दमक-९ निवासी चन्द्रा आचार्य (हाल बुरुणडी अफ्रिका) बस्ने काे पहलमा आफ्ना पुजनीय पिता सामाजिक व्यक्तित्व यूनीक कलेज दमकका प्रिन्सिपल श्री शान्तिराम आचार्यको ६३ औ जन्मदिनको उपलक्षमा छोरी ज्वाईं चन्द्रा आचार्य गौतम + लक्ष्मी प्रसाद गौतम दमक -९ , छोरा बुहारी मुकुन्द + सुनिता आचार्य दमक ६ तथा सम्पूर्ण छोराछोरीको तर्फबाट पिताको दिघायुको कमाना गर्दै, झापा जिल्ला अस्पताल दमकको कोभिड उपचार केन्द्र दमकलाई एक थान उपकरण जडित आसियु बेड कोभिडको जोखिमबाट नगरबासी कसैले ज्यान गुमाउनु नपरोस भन्ने प्रार्थना/कामनाका साथ नगरप्रमुखज्यू समक्ष हस्तान्तरण गरि सहयाेग गर्नु भएकाेमा चन्द्रा बैनी सहित सम्पूर्ण परिवारजनलाई आभारका साथ धन्यवाद व्यक्त गर्दछु !!
साथै वहाकै पहलमा दमक अस्पताल कोरोना उपचार केन्द्र दमकलाई होस्टेमा हैंसे गर्न सहयोगको लागि हातेमालो गर्ने केशव राज (हाल Canada) +भागीरथा भट्टराई तथा उहाहरुको परिवार कौशिला भट्टराई तोयानाथ +मैया भट्टराई केशव राज +भागीरथा गड्तौला भट्टराई गिर्वाण विक्रम भट्टराई तारामणि +रुपा नेपाल भट्टराई भावल भट्टराई तुलसी +राधा देवि भट्टराई, मनोज (हाल America) + विनिशा लम्साल भट्टराई मोनिका भट्टराई मनिष भट्टराई, भुमिका खतिवडा, सदिप (हाल Canada)+रुपा खनाल खतिवडा , गौरादह नगरपालिका 4 निवासी सम्पूर्ण परिवारले एक थान आसियु बेड हस्तान्तरण गरि सहयाेग गर्नु भएकोमा धेरै धेरै धन्यवाद तथा आभार ब्यक्त गर्दछु l वेडकाे अभावमा एउटा अस्पतालमा रहेकाे भेन्टिलेटर उपयाेग हुन सकेकाे थिएन !!
#आजबाट काेभिड उपचार केन्द्रमा सेवा विस्तार भई चार वटा HDU वेड, एकवटा ICU र एक वटा भेन्टिलेटर सहितकाे ICU वेड तयार भयाे !!
