झापामा आज विहान थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु
दमक । झापामा थप दूई कोरोना संक्रमितको मृत्यु भएको छ । मेची अञ्चल अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको जनाईएको छ । मेचीनगर नगरपालिका १५ निवासी ५० वर्षीय पुरुष र बुद्धशान्ति गाउँपालिका ४ निवासी ४६ वर्षीय पुरुषको मेची अञ्चल अस्पतालमा रहेको कोभिड उपचार केन्द्रमा आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
