दमकमा १८५ जनाले गरे कोरोनालाई परास्त, संक्रमणबाट १२ जनाले गुमाए ज्यान
विष्णुप्रसाद पोखरेल
दमक/ नयाँ भेरियन्टको कोरोना संक्रमण देखिन थालेसंगै दमक नगरपालिकाले राखेको रेकर्ड अनुसार दमकमा नगरपालिकाले शुक्रबार साँझ सार्वजनिक गरेको विवरण अनुसार पिसिआर र एन्टिजेन पोजेटिभ अर्थात कोरोना संक्रमित भएको संख्या ७७२ पुगेको छ । यसमा सक्रिय संक्रमितको संख्या ५७५ रहेको छ ।
दमक नगरपालिका उपप्रमुख एवं प्रवक्ता गीता अधिकारीले जारी गरेको बिज्ञप्तिमा उल्लेख भए अनुसार ७१ महिला सहित १८५ जनाले कोरोना परास्त गरेकाछन् । उनिहरु कोरोना संक्रमणबाट मुक्त भएको जनाईएको छ । १२ जनाले भने ज्यान गुमाएकाछन् ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाद्वारा स्थापना गरिएको सरकारी दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्र बेलडाँगी २ मा कोरोना संक्रमितको निशुल्क उपचार हुँदै आएको छ । हप्तामा दूइदिन निशुल्क पिसिआर परिक्षण पनि हुने गरेको छ ।
दमक नगरपालिका कोभिड उपचार केन्द्र, बेलडाँगीमा गत बैशाख १९ गते देखि आजसम्म कोरोना भाईरस नयाँ भेरियन्ट कोसंक्रमणबिरामीहरुको ओपिडि तथा भर्नाको विवरण पनि नगरपालिकाले सार्वजनिक गरेको छ । जस अनुसार १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये दमक नगरपालिका भित्रका ११७ जना रहेकाछन् । जसमा ५६ जना संक्रमित उपचार केन्द्रमा भर्ना भएर उपचार लिएकाछन् ।
नगरपालिकाले दमकमा कोरोना संक्रमण उच्च जोखिम रहेको भन्दै सचेत हुन नगरबासीलाई अनुरोध पनि गर्दै आएको छ । कुनै समस्या भएमा दमक नगरपालिकाले हटलाइन सेवामा सम्पर्क सबैलाई भनेको छ । यदि कसैलाई रुघा, खोकी, टाउको दुख्ने, छाती दुख्ने समस्या भएमा वा कोरोना भाईरस सम्बन्धी जानकारी लिनुपरेमा स्वास्थ्यकर्मी तथा टोल फ्रि नम्बर (१६६०२३५८०००) मा फोन गर्न सकिने अधिकारीद्धारा जारी बिज्ञतिमा भनिएको छ ।
नगरपालिकाको जनस्वास्थ्य शाखामा रामवृक्ष चौधरी (९८५२६७०९४४), नगेन्द्र भट्टराई (९८५२६७०३००), बद्री बराल (९८५२६७०५९४), कुवेर भट्टराई (९८५२६३०५४५) र कोभिड हस्पिटल सम्बन्धी जानकारीको लागि देवी दंगाल (९८५२०५८५७७) लाई सम्पर्क गर्न पनि भनिएको छ ।

