२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/कोरोना संक्रमितहरुको मनोवल उच्च बनाउनका लागि कमल गाँउपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्य शाखाका कर्मचारीहरु सहितको टोली संक्रमितहरुको घरघरमा पुग्न थालेकाछन् । आवश्यक पोषिलो खानेकुरा र स्वस्थ्य सामाग्री लिएर उनिहरु संक्रमितहरुको घरघरमा पुग्न थालेकाहुन् ।

कोभिड १९ को संक्रमणबाट संक्रमित भएर होम आइसोलेसन बस्नु भएका नागरीका घरघरमा गाउँपालिकाले तयार पारेको होम आइसोलेसन किट, सेनिटाइजर, मास्क, थर्ममिटर, आवस्यक औषधि, भिटामिन लगायतका स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराईएको स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले बताए ।

सोहि टोलीमा कारितास नेपालका प्रतिनिधिहरुले काजु, किसमिस, हाडे वदाम, ओखर, प्याकेटको सुप, चना सक्रमितलाई उपलब्ध गराएकाछन् । स्वास्थ्यकर्मी, मनोपरामर्श दाता सहितको टोलि संक्रमितको घर घरमा पुगेर कोरोना संक्रमण बिरुद्ध लडनका लागि हौसला प्रदान गर्ने कार्य गरेको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् ।