२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ दमक नगरपालिकाले आज ११९ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेको छ । सरकारी दमक अस्पताल मातहत रहेको कोभिड उपचार केन्द्रमा आज ११९ जनाको स्वाव संकलन भएको दमक अस्पतालका ल्याव ईन्चार्ज लोकबाबु पौडेलले बताए ।

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका, कोरोनाको लक्षण देखिएका र चिकित्सकल कोरोना जाँचका लागि सिफारीस गरिएका ब्याक्तिहरुको दमक नगरपालिकाले निशुल्क रुपमा पिसिआर परिक्षण गराउदै आएको छ ।