दमकमा निषेधाज्ञा पालना नगरी अनाआवश्यक हिड्ने र सवारी कुदाउनेलाई उभ्याउन शुरु
दमक/ झापाको दमकमा कोरोना संक्रमणदर बढिरहेको र निषेधाज्ञा पालना कमजोर भएको आवाज उठेपछि प्रहरीले अनाआवश्यक हिडडुल रोक्नका लागि प्रयास शुरु गरेको छ । आज साँझ दमक नगर प्रहरीको समेत सहयोग लिएर प्रहरीले सवारी साधनहरुलाई नियण्त्रणमा लिने र केहिबेर उभ्याउने कार्य थालेको छ ।
प्रहरीले अब भोलीबाट दमकमा विना कारण सवारी साधन चलाएको पाईएमा कार्वाही थाल्ने जनाएको छ । निषेधाज्ञाको वेवास्था गरेर बिना काम लखरलखर नहिड्न बारम्बार आग्रह गरिदा पनि अटेर भएपछि प्रहरीले अब कार्वाही शुरु गर्ने भएको हो । दमकमा निषेधाज्ञा पालनामा धेरै नै अटेरीपन देखिएको छ । यसले संक्रमणको जोखिम कायमै राख्ने डर हुने बताईन्छ ।

