रेवतबहादुर कार्कीलाई लायन्स क्लब इन्टरनेसनल मल्टिपल डिस्ट्रिक काउन्सिलमा सचिवको पनि जिम्मेवारी
दमक/ लायन्स क्लव अफ इन्टरनेशन ३२५ ए वानका भर्खरै निर्वाचित गर्वनर रेवतबहादुर कार्कीले लायन्समा थप जिम्मेवारी पाउने भएकाछन् । उनले लायन्स क्लब इन्टरनेसनल मल्टिपल डिस्ट्रिक काउन्सिलको सचिवको थप जिम्मेवारी पाउने भएकाहुन् ।
लायन बर्ष सन् २०२१/२२ का लागि ईलेक्ट सेक्रेटरीको जिम्मेवारी पाएको जनाईएको छ । उनि लायन्स क्लव अफ इन्टरनेशन ३२५ ए वानका लायन बर्ष सन् २०२१/२२ का गर्वनर हुन । लायन्सका डिस्ट्रिकहरुलाई समन्वय गर्नका लागि लायन्स क्लब इन्टरनेसनल मल्टिपल रहेको छ ।
विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था अन्तर्राष्ट्रिय लायन्स क्लबले नेपालमा विद्यालय निर्माण, स्वास्थ्य शिविर, आखाँ अस्पताल निर्माण, भोकोपन निवारणलगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।
अमेरिकाको शिकागो शहरमा सन् १९१७ को जुन ७ मा मानवीय सेवाको उदेश्यले लायन्सको गठन भएको थियो । स्थापना भएपछि विश्वका करिब १० करोड भन्दा बढी मानिसहरूलाई लायन्सले भोक, रोक र अशिक्षाबाट मुक्त गर्नका लागि कार्य गर्दै आएको छ । नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गरेका थिए ।
