होटल ब्यवसायी संघ दमक र शर्मिला धिमालले गरिन कोभिड उपचार केन्द्रलाई सहयोग
दमक/ वैदेशिक रोजगारमा रहेकी दमक २ की शर्मिला धिमालले दमकमा सञ्चालित कोभिड उपचार केन्द्रलाई दूईथान अक्सिजन सिलिण्डर उपलब्ध गराईएकीछन् । वैदेशिक रोजगारको शिलशिलामा कतारमा कार्यरत उनलेआफ्नो मेहनतको कमाइले दुई थान अक्सिजन सिलिन्डर सहयोग गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताईन् ।
यसैगरी होटल ब्यवसायी संघ दमकद्वारा कोभिड हस्पिटल दमकलाई आइसियु कक्ष निर्माणका लागि १ थान एसी हस्तान्तरण गरेको छ । यो महामारीको अवस्थामा आफुहरुले सहयोग गरेको संघका कार्यवाहक अध्यक्ष सुधिर प्रधानले बताए ।
