२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/  नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले जटिल अवस्थामा मात्र पिसिआर परिक्षण र अस्पताल जाने कार्य नगर्न सुझाव दिएकाछन् । उ नले दमकमा निशुल्क रुपमा उपचार हुने कोभिड उपचार केन्द्र तथा आईसुलेसन सेन्टर सञ्चालनमा रहेको, नीजि अस्पतालहरुबाट समेत कोरोना संक्रमितको जाँच तथा उपचार भएको भन्दै हेल्चेक्राई नगर्नका लागि अनुरोध गरेकाछन् ।

बुढाथोकीले कोरोना आंशका गरिएका विरामी तथा कोरोना संक्रमितलाई निशुल्क सेवा दिनका लागि रेडक्रसको एम्बुलेन्स पनि २४ घण्टा नै हाइअलर्टमा रहेको जनाएकाछन् । यस्तो अवस्थामा कसैले पनि यो रोगलाई ख्यालख्याल नसम्झन उनको आग्रह छ ।